विद्यार्थीमा समालोचनात्मक चिन्तन र सोचको विकास कसरी गराउने ?
कुनै पनि विषय, परिवेश, समस्यालाई हेर्ने, सूक्ष्म वा मिहीन ढंगले विश्लेषण गर्ने समालोचनात्मक चिन्तनको विकासका लागि विद्यार्थीलाई तल दिइएका प्रश्न सोध्न प्रेरित गर्नुहोस् । तल दिइएका प्रश्न जुन सुकै विषय वा तहका विद्यार्थी, अन्वेषक, शोधकर्ता, पत्रकार वा जुन सुकै व्यक्तिका लागि आवश्यक हुन सक्दछ । हेलेन केलरले भनेकी छिन् “ जुन दिनबाट विद्यार्थीले प्रश्न सोध्न छोड्दछ, त्यही दिनबाट उसले सिक्न पनि छोडिदिन्छ ।” विद्यार्थीले प्रश्न गरेर सिक्न सक्दछन् । हरेक सिकाइको सुरुवात प्रश्नबाट नै हुने गर्दछ क्ष् यसर्थ, समालोचानात्मक सोचको विकास पनि प्रश्नबाट नै हुने गर्दछ । यी प्रश्न विद्यार्थीले हरेक दिन, हरेक विषयमा, हरेक समयमा, हरेक सन्दर्भ वा हरेक तहका विद्यार्थीले क्याप्सुलका रुपमा प्रयोग गर्न सक्दछन् । हामी नेपाली विश्वमा पछि पर्नुको एक मुख्य कारण समालोचनात्मक सोच वा दृष्टिकोणको अभाव हो । अहिले सामाजिक संजालमा आम नेपालीले लेख्ने स्ट्याटस वा प्रतिक्रियाले के देखाएका छन् भने हामी एक पक्षीय भएर सोच्छौं र धारणा बनाउँछौं । यही एक पक्षीय धारणालाई नै सत्य ठान्छौं र कहिले पनि परिवर्तन हुन खोज्दैनौं । “न्याउरी मारी पछुतो” कथामा झैं न्याउरी मुसाको मुखमा रगत देख्ना साथ आफ्नो बच्चाको हत्या गरेको ठानेर न्याउरी मार्ने दम्पतीले यो कहिले पनि सोच्दैनन् कि वास्तवमा न्याउरीले त सर्पसंग लडेर आफ्नो बच्चाको रक्षा गरेको थियो । यसको मुख्य समस्या हाम्रो रटन्ते शैक्षिक प्रणाली हो जसले हामीलाई घोक्न त सिकायो तर समालोचनात्मक रुपमा सोच्न सिकाएन । तर, यी प्रश्नले हाम्रा शिक्षक र विद्यार्थीलाई समालोचनात्मक सोच संगै कुनै पनि विषयमा बहुआयामिक दृष्टिकोण निर्माणका लागि केही हदसम्म सहयोग पुग्न सक्छ भन्ने विस्वास लिएको छु । लेखक अभिषेक घिमिरे को (WHO) ? – यसबाट कसले फाइदा लिन सक्दछ ? वा, यो कसलाई उपयोगी हुन सक्दछ ? – यो कसका लागि हानिकारक हुन सक्दछ ? यसले कसलाई नोक्सानी हुन सक्दछ ? – यसको बारेमा कसले निर्णय गर्न सक्दछ ? – यसको प्रत्यक्ष असर कसलाई पर्दछ ? – यसको विषयमा कसले छलफल गरेको वा प्रयोग गरेको देख्नु÷सुन्नु भएको छ ? – यसका लागि कसलाई सम्पर्क गर्ने ? – यसका मुख्य वा आधिकारिक व्यक्ति को को हुन् ? – यसका मूख्य हकदार को हुन् ? के (WHAT) ? – यसका सबल र कमजोर पक्ष के के हुन् ? – यसलाई हेर्ने अर्को दृष्टिकोण के हो ? – यसको अर्को विकल्प के हुन सक्दछ ? दोस्रो रणनीति के हुन सक्दछ ? – यसलाई काट्न सक्ने अर्को तर्क के हुन सक्दछ ? – यससंग सम्बन्धित सबै भन्दा उत्कृष्ट पक्ष के हो? – यससंग सम्बन्धित सबैभन्दा खराब पक्ष के हो ? – यस विषयसंग सम्बन्धित सबैभन्दा महत्वपुर्ण र अति कम महत्वको पक्ष के हो ? – समस्याका रुपमा आएका पक्ष के हुन् ? – अवसरका रुपमा आउन सक्ने पक्ष के हुन् ? – यस विषयमा सुधार गर्नु पर्ने पक्ष के के हुन् ? – यस विषयसंग सम्बन्धित सकारात्मक परिवर्तनका लागि के गर्न सकिएला ? कहाँ (WHERE) ? – यसको वास्तविक प्रयोग कहाँ छ ? – यसलाई वास्तविक रुपमा कहाँ हेर्न सकिन्छ ? – यस्तै विषयसंग मिल्ने अन्य प्रयोग कहाँ भेट्न सकिएला ? – यसको सबैभन्दा बढी आवश्यकता कहाँ होला ? – कहाँ चाहिं यो सबैभन्दा ठुलो समस्याको रुपमा रहेको होला ? – यसको विषयमा अझ धेरै जानकारी कहाँ पाइएला ? – यसको लागि खोज्न कहाँ जाने ? – यो विचार ÷दृष्टिकोण वा उपायले हामीलाई कहाँ पुर्याउँछ होला ? – यसलाई सुधार गर्नु पर्ने पक्ष कहाँ कहाँ छन् ? कहिले (WHEN) ? – यो विषय कहिले सर्व स्वीकार्य हुन्छ होला ? – यो विषय कहिले अस्वीकार्य हुन्छ होला ? – यसले कहिले समाजलाई फाइदा दिन सक्दछ होला ? – यसले कहिले समस्या निम्त्याउन सक्दछ होला ? – यसलाई कार्यान्वयन गर्ने सबै भन्दा उत्तम समय कहिले हो ? – हामी सफल भएको कहिले थाहा पाउने ? – यसले पहिले कहिले भूमिका खेलेको थियो ? – यसले कहिले परिवर्तन ल्याउँछ ÷ फल दिन्छ भनेर आशा गर्ने ? – यसका लागि कहिले सहयोग लिने ? किन (WHY) ? – यो किन समस्या वा चुनौती हुन सक्छ ? – यो मेरा वा अरुका लागि किन उपयोगी छ ? – यसको परिणाम किन उत्कृष्ट वा खराब छ ? – मानिस यसबाट किन प्रभावित छन् ? – मानिसले यस विषयमा जान्नु वा बुझ्नु किन आवश्यक छ ? – यो किन लामो समय देखि यसै गरी अस्तित्वमा छ ? – हामीलाई किन यसलाई स्वीकार गरिरहेका छौं ? – यसको आवश्यकता आज किन छ ? कसरी (HOW) ? – यो अन्य पक्षसंग कसरी अन्तरसम्बन्धित छ ? – यसले कसरी अरुलाई सहयोग पुर्याउँछ ? – यसको विषयमा सत्य तथ्य कसरी थाहा पाउने ? – यससंग कसरी पहुँच स्थापित गर्न ? त्यहाँसम्म कसरी पुग्ने ? – यसले हामीलाई ÷अरुलाई कसरी सहयोग पुर्याउँछ ? – यसले हामीलाई÷ अरु व्यक्तिलाई कसरी हानी गर्न सक्दछ ? – यसलाई हामी भविष्यमा कसरी हेर्न सक्दछौं ? कुन रुपमा हेर्न सक्दछौं ? – यसलाई सबैको फाइदाको लागि कसरी परिवर्तन गर्न सक्दछौं ?
Thanks for information sir
ReplyDelete